बाडी पिडितलाई एक लाख दिने निणर्य

143
  •  
  •  
  •  

काठमाडौं ४ भदौ (ओएनएस) : सरकारले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई एक एक लाख राहत दिने निर्णय गरेको छ । त्यस्तै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाँदा मन्त्री र सभासदहरुलाई हेलिकोप्टर चढ्न नदिने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको उच्चस्तरीय राहत तथा पुनःस्थापना समितिको बैठकले यस्तो निर्णय वैठकपछि गृहमन्त्री वामदेव गौतमले जानकारी दिए । मन्त्रीहरुले हेलिकोप्टर प्रयोग गर्दा उद्धार तथा राहतका लागि हेलिकोप्टरको अभाव भएको भनेर बिरोध भए पछि यस्तो निर्णय भएको हो । हेलिकोप्टरलाई राहत तथा औषधी वितरण तथा पीडितको उद्धारमा प्रयोग गर्ने सहमति भएको छ । प्रमुख विपक्षी एमाओवादीले राष्ट्रिय विपत घोषणा गर्न माग गर्दै संसद अवरुद्ध गरेपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय राहत तथा पुनःस्थापना समिति बनाएको छ ।


  •  
  •  
  •