आजदेखि सरकारले कुटनीतिक पहल गर्दै

300
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस) : सरकारले भारतीय नाकाबन्दीका कारण उत्पन्न मानवीय संकटबारे कुटीतितक पहल सुरु गर्दैछ । आजजदेखि परराष्ट्रविद्, विभिन्न दलका विदेश विभागका प्रमुख र काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग परामर्श गर्न लागेको हो ।

अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा विज्ञहरूको रायसुझाव लिन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, परराष्ट्रविद् र विभिन्न दलका विदेश विभागका प्रमुखहरूसँग अन्तरक्रिया गर्दैछन्।


  •  
  •  
  •