सरकारी पोशाक नलगाउने हाकिम फन्‍दामा

170
  •  
  •  
  •  

काठमडौं १ मंसिर ।
सरकारले तोकेको पोसाक नलगाउने सरकारी अधिकारीहरु आइतबार संसदीय उपसमितिको फन्दामा परेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख सहसचिव गोविन्द कार्कीसहितका कर्मचारीलाई संसदीय उपसमितिका सदस्यले पोसाक नलगाइ कार्यालय आएको भन्दै :या याख्ती पारेका हुन। कार्की आइतबार कटराइजको पेन्ट र टी-सर्टमा कार्यालय गएका थिए।

कार्की मात्र होइन, अध्यागमनका अधिकांश अधिकृत तोकिएको पोसाकमा थिएनन्। संसदको अन्र्तराष्ट्रिय तथा श्रम समितिअन्तर्गतको सुरक्षा एवं भौतिक व्यवस्था अध्ययन अबलोकन र निरीक्षण उपसमितिका सदस्य अध्यागमन कार्यालयको निरीक्षणमा पुगेका थिए।

उपसमितिका संयोजक बलबहादुर केसी दस सभासद र केही पत्रकार लिएर सार्क शिखर सम्मेलनमा आउने विशिष्ठ पाहुनाको सुरक्षाका लागि विमानस्थलमा गरिएको तयारीबारे बुझ्न अपरान्ह बिमानस्थल पुगेका थिए।

सभासदको टोली अध्यामगनतर्फको आगमन कक्ष पुग्नेवित्तिकै अध्यागमन कार्यालयको प्रमुख हुँ भन्दै टुप्लुक्क कार्की आएका थिए। उनी कार्यालयमा नभए पछि सभासदको टोलीले बोलाएको थियो। सभासद मिनबहादुर बिश्वकर्मले कार्कीलाई प्रश्न गरे, ‘तपाइले किन सरकारी ड्रेस नलगाएको?

कार्यालय प्रमुखले नै सरकारी ड्रेसको अवज्ञा गरेपछि मातहतका कर्मचारीलाई क सरी ट्रयाकमा राख्‍न सकिन्छ?’ अन्य सभासदले पनि सोही प्रश्न दोहो:याएपछि कार्की रातो पिरो भए।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •