सरकारले प्राधिकरणलाई पूर्णता दिंदै, आज मन्त्रिपरिषदको बैठक

150
  •  
  •  
  •  

काठमाडौं २१ पुस (ओएनएस)  :
सरकारले भूकम्प पछिको पुनःनिर्माण गर्न बनेको प्राधिकरणलाई पूर्णता दिने भएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपनि अरु पदाधिकारी नियुक्त भइनसकेकाले त्यसले पूर्णता पाएको छैन ।

आज मन्त्रिपरिषदको बैठकले प्राधिकरणलाई पूर्णता दिने विषयमा छलफल गर्नेछ । दलहरुको सहमति अनुसार प्राधिकरणलाई पूर्णता दिने र भूकम्प प्रभावितका विषयमा अरु निर्णय पनि गर्ने मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुनेछ । मन्त्रिपरिषदको बैठक साँझ ६ बजे बोलाइएको छ ।


  •  
  •  
  •