गोरखा भूकम्पको स्मृतिमा सार्वजनिक विदा

1424
  •  
  •  
  •  

गोरखा, २६ चैत(ओएनएस) : २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते सार्वजनिक बिदा दिएको छ ।

 

 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ ।

यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •