गोरेटो !

295
  •  
  •  
  •  

धेरै पछि
तिमी सम्म आइपुग्दा
तिमी यति भिन्न लाग्यो 
बताउनको लागि
ठ्याक्कै !
वाक्यलाइ पुर्णविराम दिन सकिन
लेखेर कमा थप्नको लागि
उचित अर्को शब्द भेटिन

तिमी त्यति परिवर्तित भएछौ
तिमी हुँदै चौतारा पुग्दा

सृजना गुरुङ

पहिलोचोटि
वरपिपलको हावा विरानो लाग्यो
सायद
परिवर्तन ममा पनि थियो
तिमी हुँदै वनमाराको पात टिपेर
चुङ्गी खेल्ने साथी बोलाइन
बोलाउदा सुनिदिने साथी रहेन
धुर्सुलपातलाइ पैसा मानी गन्न सकिन
पैलेटिको दाना चपाइ हिडिन

गोरेटो!
तिमी
यति आधुनिक भएछौ
अबत!
तिमी हुँदै शहर आउँदोरहेछ
तर
तिमी हुँदै बारिभरी
जाने परमेली रित्तिएछन्
तिमी
यति फेरिएछौ
घुमको ओत लागेर
अब
मात्रै विगत उभिनेछ

गोरेटो!
त्यो ठुलोभिर
अल्छेधारा
चुलीथुम्का
कान्छी चौतारा अरु थुप्रै-थुप्रै
यसरी
तिमी भएर
पुगिने ठाउँहरु त!
गनेर सकिएला
तिमी भएर
बनेका सम्झनाहरु गनेर
कहाँ सम्म सकिएला ?
सायद
जिवनयात्रा को अनन्त~
लामो दुरि सम्म |


  •  
  •  
  •