‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता हमाल विवेकशील साझा पार्टीमा

347
  •  
  •  
  •  

gopal hamal

धनगढी, २८ साउन (ओएनएस) : प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिकामा स्थानीय चुनावताका स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी भएका कांग्रेसका नृप वडका निकटतम प्रतिद्वन्द्वी गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश भएका छन् । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्तासमेत रहेको हमाललाई पार्टीबाट प्रदेश नम्बर ७ को जिम्मेवारीसमेत दिइएको छ ।

शनिबार धनगढीमा भएको भएको विवेकशील साझा पार्टीको भेलाले हमाललाई प्रदेश ७ को संयोजक चयन गरेको हो । पार्टीका सहसंयोजक रबीन्द्र मिश्र, उज्जल थापालगायतका नेताहरुको उपस्थितिमा भेला आयोजना गरिएको थियो ।


  •  
  •  
  •