गोमा एयरले लुुक्ला र जोमसोममा पनि उडान सेवा सुुरु गर्ने

58
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) : गोमा एयरले लुुक्ला र जोमसोममा पनि उडान सेवा सुुरु गर्ने भएको छ । असोज २५ मा १९ सिट क्षमताको नयाँ जहाज नेपाल ल्याएपछि गोमा एयरले थप उडानको  घोषणा गरेको हो ।

गोमा एयरले दुुई वटा सेस्ना ग्रान्ड काराभान जहाजबाट सुर्खेत र नेपालगंजबाट जुुम्ला, सिमिकोट, डोल्पा, बाजुुरा, रारा उडान गरिरहेको छ । गोमा एयरले अर्को १९ सिट क्षमताको जहास खरीद गर्ने घोषणा समेत गरेको छ  ।

पत्रकार सम्मेलनमा बोल्दै गोमा एयर प्रालिका प्रबन्ध निर्देशक मनोज कार्कीले भने,‘हामी व्यापारिक क्षेत्रबाट प्राप्त प्रतिव्रिmयाबाट उत्साहित भएका छौं र थप विश्वसनीय सेवा प्रदान गर्न हामी अर्को एउटा LET 410 जहाज छोटो समयमै ल्याउने छ ।

हामीलाई विश्वास छ, उहाँहरू पनि हामी जसरी नै जहाजले व्यापारिक उडान भर्ने समय पर्खिरहनुुभएको छ ।’ गोमा एयरले LET 410 जहाज खरिद गर्ने आफू नै पहिलो भएको दाबी गरेको छ । जहाजको निर्माता एयरक्राप्ट इन्डस्ट्रिज अफ चेक रिपब्लिकले गोमा एयरलाई यो जहाज फेब्रुुअरी २०१५ मा भारतमा हुने ‘एयर शो’मा पठाउन पनि आग्रह गरेको छ ।


  •  
  •  
  •