गुगलले कारका लागि नयाँ एण्ड्रोइड अपरेटिङ सिस्टम बनाउँदै

169
  •  
  •  
  •  

android-m-for-carकाठमाडौ/पुस : गुगल कम्पनीले अहिले एन्ड्रोइडको नयाँ भर्जनमा काम गरिरहेको छ । समाचारहरुमा जनाइए अनुसार एण्ड्रोइडको नयाँ भर्सनको नाम एण्ड्रोइड एम हुनेछ र यसलाई स्मार्ट कारमा प्रयोग गरिने छ ।

रोयटर्सका अनुसार नयाँ एण्ड्रोइड एम गुगलको अहिलेको कार सिस्टम भन्दा फरक हुनेछ । नयाँ सिस्टमलाई स्मार्टफोनबाट कनेक्ट गरेर इन्टरनेट चलाउनु पर्ने छैन् । यो कार्यले कार र एण्ड्रोइडमा नयाँ क्रान्ति ल्याउन सक्छ ।

रोयटर्सका अनुसार कारमा एण्ड्रोइड जडान गरेपछि अपरेटिङ्ग सिस्टमले सोझै कारको सिस्टमसँग कनेक्ट हुन्छ र कारको सिस्टम सहजै प्रयोग गर्न सक्छ । स्रोतका अनुसार यो नयाँ सुविधा एक वर्षसम्म सार्वजनिक गर्ने छैन् । यो नयाँ एण्ड्रोइड भर्जनको नाम एण्ड्रोइड एम किन राखिएको हो त्यसको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन् ।


  •  
  •  
  •