गुगलको इन्टरनेट शार्क माछाको आहारा

313
  •  
  •  
  •  

google-internet-cable-attacked-by-sharksकाठमाडौ, १ भदौ (एजेन्सी) : सर्च इन्जिन गुगलको इन्टरनेटको केबल सार्कको आहारा बन्ने गरेको छ । सार्क माछाले गुगलको इन्टरनेट केबल खान थालेपछि इन्टरनेट सेवामा नै अवरूद्ध हुन सक्ने अवस्थामा पुगेको बताइएको छ ।

गुगलले आफ्नो इन्टरनेट केबललाई जोगाउनका लागि नयाँ प्रोजेक्ट सुरू गरेर काम गरिरहेको छ । गुगलको प्रोजेक्ट म्यानेजर डेन बेल्चरका अनुसार समुन्द्रमा १९८० को दशकदेखि बिछ्याइएको केबल केही समयदेखी सार्कले खान थालेको छ । सन् १९८७ मा पनि न्युयोर्क टाइम्सले अमेरिका, युरोप र जापानलाई जोड्ने केबल सार्कले खाइरहेको समाचार प्रकाशित गरेको थियो । सन् १९८५ मा क्यानरी आइल्याण्ड नजिकै समुन्द्रमा एक केबलमा सार्कको दाँत समेत फेला परेको थियो ।

केबल काट्नुको कारण
शार्क यी केबललाई माछा सम्झेर काट्ने कोशिस गर्ने गर्छ । इलेक्ट्रिक-म्याग्नेटिक किरणका कारण शार्क यसतर्फ आकर्षित हुने गर्छन् । सबैभन्दा बढि हमला शार्कले अप्टिकल फाइबरमा गर्ने गरेको छ ।

केबल कसरी जोगाउने
प्यासिफिकमा केबललाई बुलेट प्रुफ ज्याकेट र अन्तरिक्षमा उपयोग हुने वस्तु बनाउने काममा प्रयोग हुने मटेरियल केवलारको जलप लगाएर जोगाइने छ । यस जलपको नाम पोलिइथालिन प्रोटेक्टिभ यार्न हो ।


  •  
  •  
  •