गुगलका प्रमुख पेज बने ‘बिज्नेस पर्सन अफ दी इयर’

212
  •  
  •  
  •  

काठमाडौ, २२ पुस(एजेन्सी) :  गुगलका प्रमुख कार्यकारी निर्देशक ल्यारी पेजलाई सन् २०१४ को ‘बिज्नेस पर्सन अफ दी इयर’ घोषित गरिएको छ । उनले अलिबाबाका सह-सस्थापक ज्याक मा र फेसबुकका प्रमुख कार्यकारी निर्देशक जुकरवर्गलाई झिनो अन्तरले पछि पारेका हुन् ।

कम्पनीको प्रदर्शन, नेतृत्व क्षमता लगायतका विभिन्न विषयलाई आधार बनाएर टाइम्स म्यागाजिनले विश्वका ठूला २० कम्पनीका नेतृत्वकर्ताको नाम सार्वजनिक गरेको हो । यही २० जनाको नाममध्ये ल्यारी पेज सबैभन्दा माथिल्लो स्थान(अर्थात् एक नम्बर)मा रहन सफल भएका हुन् ।

उनीपछि अलिबाबाका सह-सस्थापक ज्याक मा, फेसबुकका प्रमुख कार्यकारी निर्देशक जुकरवर्ग, एप्पलका टिम कुक, फास्ट फुड चेनका सह-कार्यकारी निर्देशक मोन्टजोमेरी मोरान र स्टिभ इल्स र फेडेक्सका प्रमुख कार्यकारी निर्देशक फ्रेड स्मिथ रहेका छन् ।

टाइम्स म्याजागिनले जारी गरेको टप २० को सूचीमा ५ जना महिलाहरू समेत परेका छन् । ती महिलाहरूमा अल्ट्रा ब्युटीकी प्रमुख कार्यकारी निर्देशक म्यारि दिलोन, आईटिटिकी प्रमुख कार्यकारी निर्देशक तथा अध्यक्ष डेनिस रामोस, टिजेएक्स कोसकी प्रमुख कार्यकारी निर्देशक कारोल मेरोतविज, थेरानोसकी संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक एलिजाबेथ होमलेस र विलियम्स सोनोमाकी अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक लाउरा अल्बर रहेका छन् ।

टाइम्स म्यागाजिनले कम्पनीको एक वर्षको आर्थिक अवस्था, तीन वर्षको नाफा तथा राजस्व, कम्पनीको शेयरको मूल्यलगायतका विषयलाई आधार बनाएर उक्त सूची प्रकाशित गरेको हो ।


  •  
  •  
  •