गुगलले स्वचालित कार सडकमा ल्याउने

341
  •  
  •  
  •  

google-carकाठमाडौ/पुस(एजेन्सी) : गुगलले स्वचालित कार सडकमा परिक्षण गर्न तयार रहेको बताएको छ । इन्टरनेटको क्षेत्रमा प्रमुख कम्पनीको रूपमा राज गरिरहेको गुगलले स्वचालित कारको निर्माण दलले गूगल प्लस सामाजिक नेटवर्कमा प्रकाशित सन्देशमा आफूहरूले आफ्नो छुट्टीमा कारको परिक्षणमा बिताएको बताएका छन् । उनीहरूले नयाँ वर्षमा उत्तरी क्यालिफोर्नीयाको सडकमा कारसँग भेट हुने अपेक्षा गरेका छन् ।

कारको उक्त मोडेलमा कुनै स्टेयरिङ्ग व्हिल, एक्सिलरेटर, प्याडल वा ब्रेक प्याडल हुनेछैन् । सबैको काम हाम्रो सफ्टवेयर र सेन्सरले गर्नेछ । गुगलले यो वर्ष ब्याट्रिबाट चल्ने कारको अधिकतम गति सीमा २५ मिल अर्थात् ४० किलोमिटर प्रतिघण्टा हुनेछ ।


  •  
  •  
  •