रेलमार्फत ल्याइएको सामान केरूङमा

211
  •  
  •  
  •  

काठमाडौँ, ५ जेठ(ओएनएस) : चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट रेलमार्फत ल्याइएको सामान नेपालको सीमा केरूङ आइपुगेको छ ।

गत बैशाख २७ गते लान्झाउबाट रेलमार्फत पठाइएको सामान सिगात्सेबाट ट्रकमार्फत केरूङ ल्याइएको हो ।

घरायसी सामान र दैनिक उपभोग्य वस्तु बोकेर बैशाख २७ गते हिडेको उक्त रेलले २ हजार ४ सय ३१ किलोमिटर दूरी पार गर्दै सिगात्सेमा आइपुगेको हो । सिगात्सेबाट केरूङ आएको सामान अब नेपालका ट्रकहरूमा लोड गरेर काठमाडौँ ल्याइनेछ । केरूङबाट ती सामान काठमाडौँ ल्याउनका लागि १ सय ६० किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ ।


  •  
  •  
  •