पेट्रोलियम पदार्थको आपूर्ति र वितरण सहज बनाउ : सुशासन समिति

93
  •  
  •  
  •  

काठमाडौं, ३ फागुन (ओएनएस) :  व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माणका लागि अध्ययन टोली गठन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले आपूर्ति र वितरणमा हाल देखिएको समस्या समाधान गर्न जुन मापदण्डका आधारमा ५५ वटा कम्पनी स्विकृत छन् । तिनीहरुको सिलिण्डर दर्ता प्रणाली लागु गर्न, डिपोहरुको प्रमाणीकरण गर्न र उपभोक्तको लगत अध्यावधिक गर्न पनि निर्देशन दिएको छ ।

बैठकले डिपोहरुलाई जुन कम्पनीको ग्यास वितरण गर्ने हो त्यसबाहेक अन्य कम्पनीका सिलिण्डर वितरणमा प्रतिवन्ध लगाउन समेत निर्देशन दिएको छ ।

यसैगरी समितिले अहिलेसम्मका अनुगमन संयन्त्रले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै भएका संयन्त्रलाई चुस्त बनाउन वा वैकल्पिक संयन्त्र बनाइ काम गर्न पनि निर्देशन दिएको छ ।

उपभोक्ता समितिसँग समन्व्य गरेर अनुगमन तथा चेकजाँच गर्न र व्यवसायीलाई कानुनी दायरामा ल्याउन नीतिगत सुझावका लागि पाँच सदस्यीय उपसमिति समेत गठन गरेको छ ।

उपसमितमा बहादुर सिंह लामा, मिलनकुमारी राजवंशी, सुशीला नेपाल, ध्यानगोविन्द रञ्जित र पदमनारायण चौधरी रहेका छन् ।


  •  
  •  
  •