साथीले बोकेको बन्दुक पड्कदा मृत्यु

355
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २९ मंसिर (ओएनएस) : साथीले बोकेको भरुवा बन्दुक पड्कदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–५ बोल्दे  बस्ने १५ बर्षीय दिनेश तामाङ भएको प्रहरीले बताएको छ ।
विहीबार दिनेश सहित सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न जाने क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले बोकेको भरुवा बन्दुक पड्कदा दिनेशको पेटमा लागेको थियो ।
गोली लागेर घाइते भएका दिनेशको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएकाे हो । प्रहरीले सुनिललाई पक्राउ गरेको छ भने पासाङ फरार रहेका छन् । प्रहरीले पासाङको खोजतलास गरिरहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


  •  
  •  
  •