गोमाको शब्दमा नरेश र एलिनाको ‘कोरोना भाइरस’ बजारमा(भिडियोसहित)

324
  •  
  •  
  •  

काठमाडौं । लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाइरस बोलको गीत  सार्वजनिक भएको छ ।

पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामुलक गीत हो । चीनको उहानबाट शुरु भएको कोरोना भाइरसले अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १८८ मुलुकमा देखा परिसकेको कोरोना भाइरसले यतिबेला मुलुकनै सन्त्रासमा छ ।

अहिले विभिन्न माध्यमबाट कोरोना सम्बन्धि जनचेतना जगाउने कामहरु शुरु भइरहेको छ । भर्खरैमात्रै नेपाल टेलिकमलेपनि कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

यहिक्रममा कोरोना भाइरस गीतपनि बजारमा ल्याइएको हो । विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भइहालेमा कसरी उपचार गर्ने, सावधानी के-कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्सम नरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •