अज्ञात समूहद्वारा गोली प्रहार, अवस्था गम्भीर

257
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : रौतहटमा अज्ञात समूहद्वारा गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्।राजपुर नगरपालिका–२ राजपुरमा बुधबार राति अज्ञात समूहले गोली चलाएका थिए।
गोली लागेर राजपुर नगरपालिका–३ बलुवाका ५० वर्षीय शेख सलिम गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायव निरीक्षक (सर्इ)उमाशंकर गुप्ताले जानकारी दिए।
घाइते सलिमको गौर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको मोतिहारी लगिएको छ। सलिमलाई कम्मरमा गोली लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सलिम मासु ब्यापारी हुन्। शंका लागेका केही ब्यक्तिलार्इ नियन्त्रणमा लिर्इ सोधपुछ गरी अनुसन्धान अगाडि बढाइएको सर्इ गुप्ताले जानकारी दिए।

  •  
  •  
  •