सुुतिरहेकाे मजदूर माथि गोली प्रहार

212
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) :रौतहटमा एक मजदूरमाथि गोली प्रहार भएको छ।

कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टामा गोली प्रहार भएको हाे।

उक्त इँटाभट्टा उद्याेगमा कर्यरत ५० वर्षीय मजदूर रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार

राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताए ।

मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ।

 


  •  
  •  
  •