एजेन्सी । अमेरिकाको न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।
गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उनी अश्वेतलाई गोली हान्नकै लागि उक्त स्टोरमा गएको देखिएको छ। गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।