घोडाघोडीका मेयरमाथि अज्ञात समुहद्धारा गोली र खुकुरी प्रहार, अवस्था नाजुक, अज्ञात समुहको खोजी तिब्र

345
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समुहद्धारा गोली र खुकुरी प्रहार भएको छ ।

१०/१२ जनाको संख्यामा आएको अज्ञात समूहले उनकै घरमा आएर गोली र खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी)विनोद घिमिरेले बताए ।

चौधरीको खुकुरी प्रहारले टाउकोमा गम्भीर चोट लागेको छ भने खुट्टामा गोलीको छर्रा लागेकोले उनको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ।

सोमबार राति साडे ८ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले उनलाई गोली प्रहार गरेको थियो।

चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा पु्र्‍याइएका पनि उनको उपचार त्यहा सम्भाव नभएपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सीको आरोप लगाई कुट्नेको दोषीको बचाउ गरेको आरोप छ। अहिले घोडाघोडी नगरपालिका क्षेत्रमा ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ।

एसपी घिमिरेका अनुसार अज्ञात समुहको खोजी तिब्र रुपमा भइरहेको छ। अज्ञात समुहको खोजीका लागि सीमा क्षेत्रमा पनि निगरानी बढाइएको बताए।


  •  
  •  
  •