काठमाडौं । महोत्तरीमा एक किशोरमाथि गोली प्रहार भएको छ । जलेश्वर नगरपालिका–५ विसनपुरका किशोरमाथि बुधबार साँझ गोली प्रहार भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइतेको स्थानीय अस्पतालमा उपचार असम्भव नभएपछि काठमाडौं पठाएको ल्याइएको छ ।
१४ वर्षीय अक्षय कापरलाई पिकनिक मनाउन गएको बेला त्यहि ठाउँका अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि हानी भागेको घाइते किशोरका परिवार सदस्यहरुले बताएका छन् ।
भारतसँगको सीमा छेउमैं साँझ ६ बजेको समयमा घट्ना भएको हो । घट्नालगत्तै विनय सिंहको परिवारको एक सदस्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घाइते जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको थियो । तर त्यहाँ सम्भव नभएपछि काठमाडौं रेफर गरिएको हो ।