गोली हानेर एक व्यक्तिको हत्या, पाँच लाख लुटियो

468
  •  
  •  
  •  

बुटवल । रुपन्देहीमा आइतबार दिउँसो गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ओमसतियाका ४० वर्षीय महेन्द्र कुर्मी रहेका छन् ।

कुर्मीलाई कसले र किन गोली हानेको हो भन्नेबारे अनुसन्धान चलिरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

स्थानीयले कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

श्रीमती र एक बच्चासहित मोटरसाइकलमा जाँदै गरेका चौधरीको मोटरसाइकल रोकी उनीमाथि गोली प्रहार गरिएको थियो । उनलाई ३ गोली लागेको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
हत्याराले उनले बैंकबाट निकालेर ल्याएको ५ लाख समेत उनीहरूले लुटेर लगेको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •