गोली लागेर एक जनाको मृत्यु

207
  •  
  •  
  •  

डोटी । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु भएको हो ।


आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •