नेपाली भूमि छिरेर भारतीय वन रक्षकले चलाए गोली

184
  •  
  •  
  •  

काठमाडौं १५ चैत । भारतीय वन रक्षकले शनिबार दिउँस गोली चलाउँदा एक जना नेपाली घाइते भएका छन्। नेपाल भारतको सीमासँग जोडिएको मुर्तिहा कतरनिया वन सुरक्षार्थ खटिएका वन रक्षकले गोली प्रहार गरेको स्थानीयले बताए।

गुलरिया नगरपालिका आशापुर बस्ने २८ वर्षीय रमेश लोध घाइते भएको प्रहरीले बताएको छ। घाइतेे लोधको टाउको र कुममा गोली लागेको छ। नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेको खेतमा काम गरिरहेका बेला अन्धाधुन्ध वन रक्षकले गरेको गोली प्रहारबाट लोध घाइते भएको उनले बताए।घाइतेका अनुसार वन रक्षक पाँच राउँड गोली चलाएका थिए।एसपी गोविन्दराम परियारको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीसँग घटनाको बारेमा जानकारी गराउदै दोषीलाई स्थानीयले कडा कारबाहीको माग गरेका छन्। गत वर्ष बैशाख ३१ गते नेपाल भारतको सीमामा गोली प्रहारबाट गुलरिया वडान १ बस्न २१ वर्षीय मनोज यादव घाइते भएका थिए। दशगजा बाट फर्कदा एक्कासी वन रक्षकले अन्धाधुन्ध गोली प्रहार गर्दा गोली यादवलाई लागेको थियो।

०६९ फागुन १२ गते मुर्तिहा जंगलमा दाउँरा बटुल्न गएका बेला वन रक्षकको गोलीबाट ढलेका ४६ वर्षीया राममिलन अवस्था अझै अज्ञात छ। अहिलेसम्म लोधको अबस्था बारेमा स्थानीय प्रशासन र घरपरिवारले बुझ्न खोज्दा भारतीय पक्ष अनभिज्ञ प्रकट गर्दे आएको छ। खुल्ला सीमा र प्रतिबन्धित वन नभएकाले सीमामा जग्गा जमिन भएकाले गाउँलेहरु वर्षेनि भारतीय पक्षले चलाएको गोलीको शिकार हुन परिरहेको स्थानीयको गुनासो छ।यस्तै,जमुनि—९ की ५१ वर्षीया जुनकिरी शाही चार वर्षदेखि श्रीमान्को अवस्थाबारे अनविज्ञ छिन्।भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेपनि उनले श्रीमान हर्कबहादुर शाहीको अवस्था बारेमा थाहा पाउन सकेकी छैनन्।

२०६७ फागुन ५ गते दिउँसो साढे ११ बजे जंगल छेउँ बाट भारतीय सुरक्षाकर्मी शाहीलाई नियन्त्रणमा लिएका थिए। स्थानीय प्रशासनले पटकपटक अवस्थामा पत्ता लगाउँन पत्राचार गरेपनि अव।स्था अझै सार्वजनिक हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।वर्षेनी भारतीय सुरक्षाकर्मीले गोली हानी घाइत बनाएर नेपाली बेपत्ता पार्न थालेपछि सीमावर्ती गाउँमा बस्ने नेपाली चिन्तित भएका छन्।

भारतीय सुरक्षाकर्मीको ज्यादती सहेर बसेको भएपनि मानिसलाई विभिन्न बहान बेपत्ता पार्न थालेपछि सीमावासी त्रास बाच्नु परेको स्थानीयको भनाइ छ। स्थानीय प्रशासनले सीमा बस्ने नेपाली पटक पटक गोली हान्ने भारतीय पक्षलाई कारबाही नगरे स्थानीय प्रतिकार उत्रने बाध्य हुने स्थानीयले चेतानवी दिएका छन्। ‘बेला बेलामा हात हतियारसहित गाउँमा आएर त्रसाउने गर्छन,’एक स्थानीयले भने,’हामीहरुको ज्यानको सुरक्षा भएन। स्थानीय प्रशासनले पनि सीमा बासीको पीडामा वास्ता गर्देन।’ नागरिकबाट


  •  
  •  
  •