नयाँ दिल्लीमा पत्रकार महिलामाथि गोली प्रहार

217
  •  
  •  
  •  

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मयूर विहार आसपास धर्मशीला क्यान्सर अस्पतालको रेड लाइट छेउमा पत्रकार महिलामाथि गोली प्रहार भएको छ ।

शनिबार राति गोली प्रहार भएको हो । क्राइम रिपोर्टर मिताली चंदोलाको बायाँ हातमा गोली लागेको छ । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो ।

उनी अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।  गाडीको अगाडिको सिसामा गोली हानिएको र ड्राइभरको साइडको सिटमा अण्डासमेत फालिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना व्यक्तिगत रिसइबीका कारणले हुनसक्ने प्रहरीको अनुमान छ । यो हमलाको पछाडि पारिवारिक विवाद हो वा लुटपाटको उद्देश्य हो भन्ने बारेमा थप अनुसन्धानपछि मात्रै निष्कर्ष निस्कने प्रहरीले जनाएको छ ।

केही दिन पहिला पनि साउथ दिल्लीको बारापुला फ्लाईओभरमा एक टिभी च्यानको टिमका नाइट स्टाफको क्याबमा पनि लुटपाट र फाइरिङ भएको थियो ।

एजेन्सी


  •  
  •  
  •