पोखरामा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ

121
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न पोखरामा गोली चलाएको छ ।  प्रहरीले गोली चलाउँदा गोविन्द थापा घाइते भएका छन् ।

प्रतिकात्मक तस्बिर

उनलाई अहिले अस्पताल लगिएको छ । उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

थापा यसअघि लागूऔषध ओसार पसार गरेको आरोपमा दुबईमा समेत पक्राउ परेको खुलेको छ । थापाको साथबाट प्रहरीले १५ सय सेट लागूऔषध बरामद समेत गरेको छ ।


  •  
  •  
  •