गोली प्रहार गरी लुटेर समूहका नाइके पक्राउ

347
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले काठमाडौंको खत्तरखेलबाट गोली प्रहार गरि एक लुटेरा समूहका नाइकेलाई पक्राउ गरेका छ ।
काठमाडौंका विभिन्न स्थानमा लुटपाटको आतंक मच्चाउँदै आएका तथा मान्छेमाथि खुकुरी प्रहार गर्दै आएका छिरिङ तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको तामाङलाई खुट्टामा गोली प्रहार गरि नियन्त्रणमा लिएको हो ।

महाशाखाका एसएसपी सहकुल थापाकाअनुसार उनी प्रहरीको फरार सूचिमा रहेका थिए । विशेष सुचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गर्न पुग्दा उनी प्रहरीमाथि नै जाइलाग्न खोजेपछि उनको दाहिने खुट्टामा दुई राउण्ड गोली प्रहार गरि नियन्त्रणमा लिइएको थापाले बताए ।

प्रहरीका अनुसार तामाङकै गिरोहका चार जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।  यसअघि पक्राउ पर्नेमा इलामको माइजोकमाई गाउँपाकिला–६ का धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का बाहुन भनिने रुपेश चौलागाईं र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का जिग्री भनिने भिमराज थिङ रहेका छन् ।


  •  
  •  
  •