कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

452
  •  
  •  
  •  

बुटवल, १८ चैत(ओएनएस) : कपिलवस्तुको कृष्णनगरमा गोली हानी एक जनाको हत्या भएको छ ।

फाइल तस्बिर

कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको आइतबारराति गोली हानेर हत्या भएको हो ।

आफ्नो घर नजिकै बसेका बेला पुरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए ।

छातीमा गोली लागेर गम्भीर घाइते पुरीको उपचार क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मृतक पुरी वैदेशिक रोजगारीमा मान्छे पठाउने एजेन्टको काम गर्दै आएका थिए ।
पुरीको हत्या गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •