विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

307
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : काभ्रेमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

फाइल तस्बिर

रोसी गाउँपालिकामा दुवै पक्षबीच गोली फायरिङ भएको प्रहरी स्रोतले बताएको छ ।  प्रहरीले दुई विप्लव कार्यकर्ता पक्राउ गरेको दाबी गरेको छ । काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र विप्लव समूहबीच गोली हानहान भएको हो ।

महाशाखाको टोलीउपर मंगलबार साँझ आक्रमण भएपछि जवाफी कारबाहीमा गोली चलाएको एसपी केदार ढकालले जानकारी दिए । उपत्यका कार्यक्षेत्र भएको महाशाखाको टोली विप्लव कार्यकर्ता पछ्याउँदै काभ्रे पुगको थियो ।


  •  
  •  
  •