‘कतार एयरवेज ओपन गोल्फ’ शुक्रवार देखि

589
  •  
  •  
  •  

  काठमाडौं, ३ मंसिर (ओएनएस) : ‘कतार एयरवेज ओपन गोल्फ टूर्नामेण्ट २०१४’को चौथो संकरण आगामी शुक्रवारदेखि  शुरू हुने भएको छ ।

एयरवेजले नेपालमा गोल्फ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो ।

१८ होलमा खेलाइने सो प्रतियोगिता गोकर्ण गोल्फ रिसोर्टमा सञ्चालन हुने बताइएको छ । प्रतियोगिताअन्तर्गत शुक्रवार महिला र युनियर खेलाडीहरूबीच प्रतिस्पर्धा हुँदैछ ।

गोकर्ण गोल्फ क्लबका निर्देशक दीपक आचार्यका अनुसार मूख्य प्रतियोगिता शनिवार सञ्चालन हुने छ ।
प्रतियोगितामा कूल १ सय नेपाली खेलाडीले भाग लिन सक्नेछन् । मूख्य पर्यटकीय मौषमका कारण हवाई टिकटको अभाव भएपछि विदेशी खेलाडी प्रतियोगितामा सहभागी हुन नसकेको आचार्यले जानकारी दिए ।

एयरवेजका कण्ट्री म्यानेजर रामदास श्रीरामले नेपाल दक्षिण एसियाली क्षेत्रमा नै गोल्फ गन्तब्यका रूपमा विकास हुँदै गएको बताए  । साथै गोल्फमा सहभागी खेलाडीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको उनले जनकारी दिए ।
नेपालमा विश्वस्तरीय सुविधासम्पन्न गोल्फ कोर्ट उपलब्ध हुनुका साथै रमणीय वातावरणले यस खेलप्रति आकर्षण बढ्दै गएको आचार्यले बताए ।

एयरवेजले सन् २०११ देखि नेपलमा हरेक वर्ष गोल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेताले काठमाडौं–दोहा या काठमाडौं–दुवईको हवाई टिकटसहित अन्य पुरस्कार प्राप्त गर्नसक्नेछन् ।


  •  
  •  
  •