सस्तियो सुन , प्रतितोला ४९ हजार ८ सय

140
  •  
  •  
  •  

काठमाडौं, १७ कात्तिक(ओएनएस): विवाहको सिजन नजिकिदै जाँदा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

सोमवार सुनको मूल्य ४९ हजार ८ सयमा ओर्लिएको छ । आइतवार प्रतितोला ५० हजारमा कारोवार भएकोमा आइतवार २ सय रुपैयाँले घटेको हो ।
यो मूल्य १६ महिना यताकै सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य घटेकोले नेपाली बजारमा यसको प्रभाव परेको महासंघले जानकारी दिएको छ ।

त्यस्तै पेट्रोल र डिजेलको मूल्यमा की आएकोले पनि सुनको मूल्य बडेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रति औंस ११ सय ७४ डलरमा कारोबार भइरहेको छ ।

,


  •  
  •  
  •