अवैध सुन बोक्न भरियाको प्रयोग

248
  •  
  •  
  •  

gold
gold

काठमाडौ, ७ पुस(एजेन्सी) :  भन्सार छलेर ल्याएको सुन भरिया प्रयोग गरेर काठमाडौसम्म ल्याउने गरेको खुलासा भएको छ । चीनबाट काठमाडौमा किनबेचको बन्दोबस्त भएपछि खासा चीनको खासा बजारमा भेटिने सामान्य मान्छेलाई भरिया बनाएर पठाउने गरेको खुलासा भएको हो ।

खासाबाट भन्सार छलेर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि सुन तस्करीको नयाँ तरिका पत्ता लागेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीले मध्यपुर ठिमी नगरपालिका १६ लोकन्थलीमा सिन्धुपाल्चोकका ईन्द्र कुमार श्रेष्ठ र छिरीङ तामाङ पक्राउ गरेको हो ।

ना २ च ४१३५ नम्बरको गाडीमा चेक गर्ने क्रममा गाडीको पछाडी सिटमा बसेका ईन्द्रकुमारको शरीरबाट दुई तालो सुन बरामद भएको प्रहरीले जनाएको छ । उनले दुवै गोडाको जुत्तामा एक एक किलो सुन लुकाएका थिए ।

उनलाई चिनियाँ नागरिक जिम्मीले सुन पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन काठमाडौमा पुर्याए बापत ४० हजार दिने सहमति भएपछि इन्द्रबहादुरले खासाबाट तातोपानी हुँदै सुन काठमाडौं ल्याएका थिए । उनको साथबाट ५० हजारको चेक, एटीएम र चार थान मोबाइल बरामद भएको थियो ।


  •  
  •  
  •