सुनचाँदीको मूल्य स्थिर

204
  •  
  •  
  •  

काठमाडौं १२ पुस (ओएनएस) :  साताको पहिलो दिन आज शुक्रबारकै भाउमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक सय रुपियाँ बढेर ४८ हजार ३ सय रुपियाँ कायम भएको छापावाल सुनको मू्ल्य आज पनि त्यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

अघिल्लो आइतबारको तुलनामा भने यो ३ सय रुपियाँले महँगो हो । गएको मंगलबार साताको सबैभन्दा महँगो अर्थात् ४८ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदी पनि शुक्रबारकै मूल्य अर्थात् प्रतितिोला ६ सय ७५ रुपियाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने प्रतितोला ४८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •