सस्तियो सुन, ५३ हजारमा कारोबार हुँदै

311
  •  
  •  
  •  

काठमाडौँ, २४ मंसिर (ओएनएस) : सुनको भाउ ४ सयले घटेर याे वर्षकै सस्तो मूल्यमामा कारोबार भइरहेको छ ।

शुक्रबार सुन छापावाला सुन तोलाको ५३ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार ५३ हजार ४ सयमा कारोबार भएको थियो ।

यसैगरी, तेजीबी सुन प्रतितोला ५२ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको भाउ १० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •