सुनको भाउ ताेलामा दुर्इ सयले बढ्यो

150
  •  
  •  
  •  

काठमाडाैं, १९ पुस (अाेएनएस) : मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ बढेसँगै ५७ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ५७ हजार ७ सयमा किनबेच भएको थियो ।

यसैगरी, तेजावी सुन ५२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजावी सुन सोमबार ५२ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ६० मा कारोबार भइरहेको छ ।


  •  
  •  
  •