एकैदिनमा आकाशियो सुनको भाउ

366
  •  
  •  
  •  

ringकाठमाडौं, १६ मंसिर(ओएनएस) : सुनको मूल्य एकैदिन १ हजार  ७ सयले बढेको छ । सोमवार प्रतितोला ४९ हजार ८ सयमा कारोवार भएको सुनको मूल्य मंगलवार ५१ हजार  ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै चाँदीको  मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ । मंगलवार चाँदी प्रतितोला ७ सय ९ रुपैयाँमा कारोवार भएको छ ।

स्वीस नेशनल बैंकले सुनको होल्डिङ बढाउनुपर्छ  भन्ने प्रस्तवमा मतदान गर्दा त्यसको विरुद्वमा बढी मत  बढेपनी सुनको मूल्य बढेको छ । अन्तरराष्ट्रिय शेयर बजारमा उतारचढाव आएकोले पनि सुनको मूल्य असन्तुलित भएको महासंघले जानकारी दिएको छ ।


  •  
  •  
  •