सुनको भाऊ एक सातामा २ हजारले बढ्यो

212
  •  
  •  
  •  

काठमाडौँ, २४ पुस(ओएनएस) : सुनको मूल्य यो हप्ता ह्वात्तै बढेको छ । साताको पहिलो दिन आइतबार मात्र ४७ हजार ८ सय प्रतितोलामा कारोबार भएको मुल्य साताको अन्तिम दिन शूक्रबारसम्म आईपुग्दा ५० हजारको नजिक पुगेको छ ।

आज शुक्रबार छापावाल सुन प्रतितोला ४९ हजार ८ सय रूपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस हिसाबले यो साता मात्र सुनको मूल्य प्रतितोला २ हजारले बढेको छ । बिहिबारभन्दा शुक्रबार प्रतितोला मात्र १ सय रूपैँयाले बढेको छ । तर, अघिल्ला दिनहरूमा सुनको मूल्य उच्च दरले बढेको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि साताको पहिलो दिनबाट अन्तिम दिनसम्म आईपुग्दा प्रतितोला २ हजार रूपैयाँले बढेर ४९ हजार ५ सय ५० रूपैँया प्रतितोलामा बिक्री भइरहेको छ ।

तर, चाँदीको भाऊ भने स्थिर रहेको छ । चाँदी आज शुक्रबार पनि प्रतितोला ६ सय ७५ रूपैयाँमा नै कारोबार भइरहेको छ ।


  •  
  •  
  •