काठमाडौं, ६ भदौ (ओएनएस) : चाडबाड नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मुल्य घटेको छ । केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार पनि प्रतितोला ४ सय रुपैयाले घटेर ५३ हजार २ सय कायम भएको छ ।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैया घटेको थियो । नेपाल सुन चाँदी व्यबसासी संघले शुक्रवारका लागि सुनको मूल्य ५३ हजार २ सय कायम गरेको छ । चादीको मुल्य प्रतितोला ८ सय कायम गरेको छ ।