शुक्रबार सुनको मुल्य घट्यो, सातामा ११ सयले बृद्धी

274
  •  
  •  
  •  

काठमाडौँ, १५ माघ(ओएनएस) : साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य २ सयले घटेको छ तर, साताभर भने सुनको मूल्य प्रतितोला ११ सयले बृद्धी भएको छ ।

साताको पहिलो दिन आइतबार ५० हजार २ सय रूपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५१ हजार ३ सय रूपैयाँमा कारोबार भएको छ । अघिल्लो शुक्रबार ५० हजार ४ सय रूपैयाँ रहेको सुनको मुल्य आईतबार २ सयले कमी आउँदै ५० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । साताका अन्य दिन भने सुनको मुल्य निरन्तर बढेको छ ।

साताको दोस्रो दिन सोमबार १ सयले बढेको सुनको मुल्य साताको तेस्रो दिन मंगलबार सुन प्रतितोला ९ सय रूपैयाँले बढेको थियो । यस्तै, बुधबार ४ सय रूपैयाँले बढेको थियो भने बिहिबार २ सयले बढेको थियो । र, साताको अन्तिम दिन शुक्रबार भने सुनको मुल्य प्रतितोलामा २ सयले घटेको छ ।

यस्तै, निकै चाँदीको मुल्य साताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार प्रतितोला १५ रूपैयाँले बढी छ । आइतबार ६ सय ७५ प्रतितोला कारोबार भएको चाँदी बुधबार बढेर ७ सय ९५ रहेको थियो भने शुक्रबार ५ रूपैयाँले घटेर ६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •