सुनको मूल्य साढे ५० हजार पुग्यो

247
  •  
  •  
  •  

काठमाडौं, ७ माघ(ओएनएस) : बिहिबार सुनको मुल्य बढेको छ । बुधबार ५० हजार १ सय ५० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार ३ सय ५० रूपैयाले बढेर प्रतितोला ५० हजार ५ सय रूपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला २ सय रूपैयाँले बढेको थियो । बिहीबार तेजावी सुनको मूल्य भने ५० हजार २ सय ५० रुपैयाँ तय भएको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •