सुनको मूल्य ह्वात्तै बढ्यो

227
  •  
  •  
  •  

काठमाडौँ, २४ माघ(ओएनएस) : साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । गत शूक्रबारको तुलनामा आज आईतबार सुनको मूल्य प्रतितोला ८ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सयले बढेर ५३ हजार ३ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ५२ हजार ५ सयमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन पनि प्रतितोला ८ सयले बढेर ५३ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेाजवी सुन प्रतितोला ५२ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढेर प्रतितोला ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •