साताको पहिलो दिन सुनको मूल्यमा छलाङ

215
  •  
  •  
  •  

काठमाडौँ, २० मंसिर(ओएनएस) : साताको पहिलो दिन आज आइतबार सुनको मूल्य ८ सयले बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा एकैपटक ८ सयले बृद्धी भएको हो । लामो समयदेखी ४८ हजारकै सेरोफेरोमा रहेको सुनको मूल्य आज आईतबार ४९ हजार नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शूक्रबार प्रतितोला ४८ हजार ३ सय रहेको छापावाल सुनको मूल्य ८ सयले बढ्दै आज आइतबार प्रतितोला ४९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनमा पनि शूक्रबारको तुलनामा ८ सयले बृद्धी हुँदै आज आइतबार प्रतितोला ४८ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा १० रूपैयाँ बृद्धी भएर प्रतितोला ६ सय ८५ रूपैयाँमा बृद्धी भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •