सुनको मुल्य बढेर मंगलबारकै अवस्थामा, चाँदी पनि बढ्यो

182
  •  
  •  
  •  

काठमाडौँ, ३० पुस(ओएनएस) : बुधबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज बिहिबार ६ सय रूपैयाँले बढेको छ ।

गत साता मात्र प्रतितोला २ हजार रूपैयाँले बढेको सुनको मूल्य मंगलबार २ सयले र बुधबार ६ सयले घटेको थियो भने आज बिहिबार ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४९ हजार १ सय रूपैयाँमा कारोबार छापावाल सुन आज बिहिबार प्रतितोला ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार प्रतितोला ४९ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज बिहिबार ६ सयले बढेर प्रतितोला ४९ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

लामो समयदेखी स्थिर रहेको चाँदीको मूल्य पनि बिहिबार बढेको छ । आज बिहिबार चाँदी प्रतितोला ५ रूपैयाँले बढेर ६ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


  •  
  •  
  •