काठमाडौँ, ८ बैशाख(ओएनएस) : ५ दिनसम्म स्थिर रहेर मंगलबार १ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ५४ हजार ४ सयमा कारोबार भएकोमा आज बुधबार भने प्रतितोला ६ सयले बढेर ५५ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन पनि प्रतितोला ६ सयले नै बढेर ५४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मुल्य पनि बढेको छ । मंगलबार ७ सय ५० रूपैयाँ प्रतितोला रहेको चाँदी आज बुधबार २५ रूपैयाँले बढेर प्रतितोला ७ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।