काठमाडौँ, २८ फागुन(ओएनएस) : साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५६ हजारमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ५६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन पनि ५ सयले बृद्धी हुँदै प्रतितोला ५६ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्यमा पनि बृद्धी भएको छ । प्रतितोला ५ रूपैयाँले बृद्धी हुँदै आज शूक्रबार प्रतितोला ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।