काठमाडौँ, १८ फागुन(ओएनएस) : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । आइतबार ५ सयले घटेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो तर, मंगलबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंलगबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । सोमबार प्रतितोला ५६ हजारमा कारोबार भएको छापावाल सुन आज मंगलबार ५६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन पनि ५ सयले बृद्धी हुँदै प्रतितोला ५६ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदी मंगलबार पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।