उकालो लाग्यो सुनको मूल्य

177
  •  
  •  
  •  

काठमाडौँ, ५ फागुन(ओएनएस) : सोमबार र मंगलबार दुईदिनमा प्रतितोला ९ सयले घटेको सुनको मूल्य आज बुधबार भने प्रतितोला ४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५४ हजार ६ सय रूपैयाँ रहेको छापावाल सुन आज बुधबार प्रतितोला ४ सयले बढेर ५५ हजारमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य पनि मंगलबारको तुलनामा ४ सयले बढेर प्रतितोला ५४ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि मंगलवारको तुलनामा बढेको छ । चाँदी बुधबार प्रतितोला ५ रूपैयाँले बढेर ७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •