काठमाडौँ, २६ चैत(ओएनएस) : साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ४ सयले बढेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य शुक्रबार ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज शूक्रबार प्रतितोला ४ सयले बढेर ५४ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन पनि प्रतितोला ४ सयले बढेर आज ५४ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार स्थिर रहेको चाँदी आज शुक्रबार प्रतितोला ५ रूपैयाँले बढेर ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।