एकसातामा ३ हजारले बढ्यो सुन

223
  •  
  •  
  •  

काठमाडौँ, २९ माघ(ओएनएस) : सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । गत शुक्रबार ५२ हजार ५ रूपैयाँ प्रतितोला रहेको सुनको मूल्य यो साता ५५ हजार ५ सय रूपैयाँ पुगेको छ ।

गत शुक्रबार सुन प्रतितोला ५२ हजार ५ सय रूपैयामा कारोबार भएकोमा यो साताको पहिलो दिन आइतबार प्रतितोला ८ सय रूपैयाँले बढेर ५३ हजार ३ सय रूपैयाँ पुगेको थियो । सोमबार भने सुनको मूल्य प्रतितोला ३ सयले घट्दै प्रतितोला ५३ हजारमा कारोबार भएको थियो ।

तर, साताको तेस्रो दिन मंगलबार एकैपटक १ हजार रूपैयाँले बृद्धी भएर सुन प्रतितोला ५४ हजारमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य स्थिर रह्यो । बुधबार स्थिर रहेको सुन बिहीबार ५ सयले बढेर ४५ हजार ५ सय रूपैयाँमा प्रतितोलामा कारोबार भएको थियो ।

आज साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य १ हजारले बढ्दै प्रतितोला ५५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि यो साता प्रतितोला ४० रूपैयाँले बढेको छ । यो साताको आइतबार चाँदी प्रतितोला ७ सय १५ रूपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिर रहेको चाँदी मंगलबार बढेर प्रतितोला ७ सय ३० रूपैयाँ पुगेको थियो र बिहिबारसम्म स्थिर रहेको थियो । तर, साताको अन्तिम दिन आज शुक्रबार भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर ७ सय ४५ रूपैयाँमा कारोबार भएको छ ।

यसरी एक सातामा सुन ३ हजार र चाँदी ४० रूपैयाँले बृद्धी भएको छ । अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्चदरले उकालो लागेका कारण सुनको मूल्य बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


  •  
  •  
  •