साताको अन्तिम दिन सूनको मूल्यमा छलाङ

174
  •  
  •  
  •  

काठमाडौँ, १७ बैशाख(ओएनएस) : साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा एक्कासी बढेको छ । दैनिक रूपमा १ सय वा २ सयका दरले बढ्दै गरेको सुनको मूल्य आज शुक्रबार भने एकैपटक प्रतितोलामा १२ सयले बृद्धी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम शुक्रबार छापावाल सुन प्रतितोला १२ सयले बढेर ५६ हजार ५ सयमा कारोबार भएको छ । बिहीबार छापावाल सुनको मूल्य ५५ हजार ३ सय रहेको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला १२ सयले बढेर ५६ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •